१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र प्रचार प्रसारको साधन गीत सङ्गीत



चलचित्रमा हुने गीत सङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीत अनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतिसङ्ग्रहमा भने त्यो लागू छैन
२ साउन । नेपाली चलचित्र सफल हुनुको एक महत्त्वपूर्ण कारण गीत सङ्गीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीत सङ्गीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्दै आएको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत सङ्गीत लोकप्रिय हुने गरेको छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायत चलचित्रमा गीत सङ्गीत झै कथावस्तुले चर्चा पाउन सकेन ।
प्रचारप्रसारको सशक्त माध्यम मानिए पनि केही समययता भने गीत ङ्गीतमा उल्लेख लगानी भएको पाइँदैन । गीत सङ्गीतमा गरिने लगानी अझै बढ्नु पर्ने सङ्गीतकार अर्जुन पोखरेलले बताए । “चलचित्रमा हुने गीत सङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीत अनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतिसङ्ग्रहमा भने त्यो लागू छैन”, सङ्गीतकार पोखरेलले भने ।
निर्देशक पुर्नेन्दु झाले चलचित्रको पहिलो पचार नै गीतमार्फत हुने बताए । “चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य ट्रेलर लगायतका सामग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भने । उनले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को गीतको लागि होलीको माहोल सिर्जना गरेका थिए ।
निर्देशक प्रदीप भट्टराई पनि गीत–सङ्गीतलाई महत्त्वका साथ चयन गर्छन् । उनी निर्देशित ‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रै जात्रा’ को सफलताको श्रेय गीत सङ्गीतलाई पनि जान्छ । उल्लेखित चलचित्रको सङ्गीत कर्ण प्रिय बनेका थिए ।
“हामीले कथाअनुसार नै गीत राख्ने गरेका छौँ । केही आफ्नै र केही बजारले निर्देशित गरेका गीत सङ्गीतलाई समेट्ने गरेका छौँ”, निर्देशक भट्टराईले भने । गीत–सङ्गीत लोकप्रिय नभएका चलचित्रहरू असफलसमेत भएका छन् । केही थोरै चलचित्र छन्, जसमा गीत–सङ्गीतको आवश्यकता देखिएको छैन ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ५ : ४९ बजे