१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


 काठमाडौंको मनहराबाट १३ जना ‘जुवाडे’ पक्राउ



४ साउन । काठमाडौंको मनहराबाट १३ जना ‘जुवाडे’ पक्राउ परेका छन् ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका १ घर भएका २५ वर्षीय सिरबहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ६ : ४४ बजे