४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जग्गा अतिक्रमण गर्ने तीनजना पक्राउ



चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको
५ साउन । वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका् १० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीन जनालाई पक्राउ गरिएको छ ।
टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो ।
सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्र्याक्टरसहित तीनै जनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
गोलबजार १० धोबियाधारस्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको सहायक वन अधिकृत सत्यनारायण यादवले जानकारी दिएका छन् ।
पक्राउ परेका तीनै जनालाई वन ऐनअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्राले जानकारी दिए । सो वन क्षेत्रमा गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयले करिब ३० हेक्टर जग्गामा तारबारसहित वृक्षरोपण गरेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।