२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पशुपति विस्वरुपा जङ्गलमा सशस्त्रका जवानको शव फेला



४ साउन । सशस्त्र प्रहरी बलका जवान समीर बस्नेतको शव झुन्डिएको अवस्थामा फेला परेको छ। झुन्डिएर आत्महत्या गरेको अवसथामा उनको शव भेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिका- ८ पशुपति विस्वरुपा जङ्गलमा नाइलनको डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको हो।
२१ वर्षका समीरको दरबन्दी सशस्त्र प्रहरी बल नम्बर १६ गणमा रहेको खुलेको छ। उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।