२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उठ्न थाल्यो उपत्यकामा थुप्रिएको फोहर



बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको

६ साउन । काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।

यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

केही दिन अघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि निर्वाधरुपमा फोहर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पु¥याउन थालेको छ ।

शुक्रबारदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्डसाइट पुग्न थालेपछि काठमाडौँ उपत्यकाको सडकमा थुप्रिएका फोहर एक÷दुईभित्रै उठाइसक्ने उनको भनाइ छ । फोहर बोकेका गाडीलाई ल्याण्डफिल्डसाइटसम्म पु¥याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।