सुरुआतको चरणमा हामी महिलामात्रै थियौँ, पछिल्लो वर्षदेखि स्थानीयले सरसफाइमा सहयोग गर्दै आउनुभएको छ
७ साउन । काभ्रेपलाञ्चोकको पनौतीमा महिला समूहको सक्रियतामा ‘क्लिन पनौती, ग्रिन पनौती’ अभियान थालिएको दुई सय हप्ता पुगेको छ । ऐतिहासिक एवं पुरातात्विक पनौती नगर क्षेत्रस्थित रोशी खोला र पुण्यवती खोला सरसफाइ अभियान चार वर्ष पुगेको हो ।
अभियानको स्थानीय काभ्रेली सक्रिय महिला सङ्गठनद्वारा विसं २०७५ फागुन १८ गतेदेखि सुरु गरिएको हो । प्रत्येक शनिबार निरन्तर सञ्चालन हुँदै आएको सरसफाइ अभियानअन्तर्गत आज सरसफाइ महोत्सव समारोहको आयोजना गरी ठूलो जनसहभागितामा पुण्यवती खोला क्षेत्र सरसफाइ गरिएको छ । “सुरुआतको चरणमा हामी महिलामात्रै थियौँ, पछिल्लो वर्षदेखि स्थानीयले सरसफाइमा सहयोग गर्दै आउनुभएको छ”, सरसफाइ अभियन्ता एवं सङ्गठनका अध्यक्ष सुमित्रा आचार्यले भनिन् ।
sfe|], ^ ;fpg M sfe|]knf~rf]ssf] kgf}tLl:yt k’0odtL vf]nf ;/;kmfO ub}{ :yfgLo afl;Gbf . :yfgLo dlxnf ;d”xsf] ;lqmotfdf …lSng kgf}tL, u|Lg kgf}tLÚ cleofg yflnPsf] zlgaf/ b’O{ ;o xKtfdf . P]ltxfl;s Pjd k’/ftflTjs kgf}tL gu/If]ql:yt /f]zL vf]nf / k’0ojtL vf]nf ;/;kmfO cleofgsf] :yfgLo sfe|]nL ;lqmo dlxnf ;ªu7gn] lj;+ @)&% kmfu’g !* ut]b]lv k|To]s zlgaf/ ;~rfng ub}{ cfPsf] 5 . tl:a/ M /fhs’df/ k/fh’nL÷/f;;
स्थानीय महिलाको सक्रियतामा सरसफाइ अभियान दुई सय हप्ता पुग्नु गौरवको विषय हो
ऐतिहासिक महत्त्व बोकेको पनौती क्षेत्र धार्मिक पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण क्षेत्रको सरसफाइ गर्नु स्थानीयको कर्तव्य हुने भएकाले सरसफाइ अभियान सञ्चालन गरिएको आचार्यको भनाइ छ । उनले भनिन्, “सरसफाइ अभियान धार्मिक पर्यटनको थप प्रचार–प्रसारको उद्देश्य पनि हो ।” अभियानलाई निरन्तरता दिने उहाँले बताउनुभयो । पनौती नगरकोे ऐतिहासिक एवं पर्यटकीय क्षेत्र दुई खोला समेटिएको वडा नं ४, ६ र ७ पर्दछ ।
पनौती त्रिवेणी नागरिक सरसफाइ अभियान नाम दिएर चार वर्षअघि सरसफाइ थालिएको हो । दुई वर्षअघि एक सय हप्तामा पनि सरसफाइ महोत्सव आयोजना गरी ठूलो जनसहभागिता जुटाउँदै सरसफाइ एवं प्लेकार्ड बोकेर जनचेतनाका लागि पनौती बजार परिक्रममासमेत गरिएको थियो ।
स्थानीय गीता तिमल्सिनाले अभियान सफल हुँदै गएको बताइन् । “स्थानीय महिलाको सक्रियतामा सरसफाइ अभियान दुई सय हप्ता पुग्नु गौरवको विषय हो”, उनले भनिन । जिल्लामा सबैभन्दा बढी मठमन्दिर रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्त्व बोकेको पनौती विश्व सम्पदामा सूचीकृतको प्रक्रियामा छ ।
पनौतीमा प्रत्येक १२ वर्षमा एकमहिने मकर मेला लाग्दछ भने प्रत्येक वर्षको जेठ त्रयोदशीदेखि पूर्णिमासम्म ज्याः पुन्ही अर्थात् हिलेजात्रा धुमधामसँग मनाउँदै आइएको छ । राजा प्रताप मल्लले विसं १२७ मा काठमाडौँमा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख छ । किंवदन्तीअनुसार तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा भनिएको स्थलमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बहिरहेको मान्यता रहेको छ ।
भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरूपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीलाई पद्यमावती मानिँदै आइएको हो ।
प्रतिक्रिया