७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चालक र सहचालकलाई अनिवार्य पोसाक र परिचयपत्र



७ साउन । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातका चालक र सहचालकले अब अनिवार्य पोसाक लगाउनुपर्ने भएको छ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातका कर्मचारीले यातायात पोसाक लगाउनुपर्ने नियम बनाएको छ। उनीहरूलाई परिचयपत्र पनि वितरण गरिएको छ।

यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आइतबार आयोजना गरेको एक कार्यक्रममा यातायातमन्त्री प्रकाश ज्वालाले पोसाक र परिचयपत्र वितरण गरे।

मन्त्रालयले सार्वजनिक यातायात सफाइ अभियान पनि सुरु गरेको छ। सरकारको अभियानमा यातायात महासंघले सार्वजनिक बसको सफा राख्ने प्रतिवद्धता गरेको छ। उक्त कार्यक्रमअन्तर्गत अब उपत्यकामा रहेका सबै सार्वजनिक सवारीसाधनमा पोसाक र सफाइ अभियान सञ्चालन हुनेछ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ६ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।