७ साउन । राजधानीमा शुक्रबार आयोजित एक समारोहमा न्यु लुक ‘मिस्टर नेपाल २०२३’ को उपाधि विराटनगरका समर्पण कार्कीले जितेका छन् ।
प्रतियोगितामा काठमाडौँका निमेष कपाली फष्ट रनर अप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनर अप, चितवनका डा.विजय दुवाडी थर्ड रनर अफ र भक्तपुरका असिम लामिछाने फोर्थ रनर अपमा विजयी भएका छन् ।
प्रतियोगितमा १९ जना युवाहरुको सहभागिता थियो ।
प्रथियोगिताको निर्णायकहरुमा अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा.आयुष्यमान घिमिरे, विश्वकिरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारी लगायत थिए । यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो ।
प्रतियोगितामा समपर्ण कार्की पाइलछ, विजयी दुवाडी डाक्टरका साथै इन्जिनियर, चार्टर एकाउन्टेन्ट लगायत प्रतियोगीका रूपमा सहभागी थिए ।
प्रतिक्रिया