८ साउन । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार यस्तो आदेश दिएको हो ।
अब कोशी सरकार गठनको विवादमा मंगलबारदेखि तीन वा सो भन्दा धेरै न्यायाधीश संलग्न हुने पूर्ण इजलासले सुनुवाइ गर्ने छ । पूर्ण इजलास ३ न्यायाधीशको रहने कि ५ जनाको भन्नेबारे मंगलबार नै टुंगो लाग्ने छ ।
सोमबार बहस शुरु हुनुअघि संवैधानिक इजलासमा पठाउने कि संयुक्त इजलासले नै सुनुवाइ गर्ने विषयमा विवाद भएपछि यस्तो आदेश भएको हो ।
कांग्रेस सांसद उद्धव थापाले सभामुखको समेत हस्ताक्षरमा मुख्यमन्त्री दाबी गरेका थिए । सोही आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि एमालेका निवर्तमान मुख्यमन्त्री समेत रहेका हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।







प्रतिक्रिया