७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखमुल घाटमा गरिएको धार्मिक अनुष्ठान‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सवमाथि काठमाडौं महानगरको हस्तक्षेप



९ साउन । काठमाडौंको महानगरपालिका–३२ स्थित शंखमुल घाटमा सञ्चालित धार्मिक कार्यक्रममा काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेको छ।
शंखमुल घाटमा स्थानीयले गरेकका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले हस्तक्षेप हो। स्थानीयले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन्।
महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलवार अनुष्ठान बन्द गर्न आग्रह गरेको छ। पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृती समेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे।
उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे। यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफुहरुले महोत्सव गरेको बताएका थिए।

उक्त विषयलाई लिएर नगरप्रहरी र स्थानीयका बिचमा केहीबेर भनाभन समेत भएको थियो। आफूहरुले लिखित रुपमा अनुमति लिएर भए पनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन्।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।