१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


डेढ वर्ष भयो, मलाई मान्छेले चिढ्याएको चिढ्याएकै छन्ः शृंखला खतिवडा



९ साउन । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले डेढ वर्षदेखि आफुलाई मान्छेले चिढ्याएको बताएकी छन् । सामाजिक सञ्जालमा उनले भनेकी छन्, डेढ वर्षदेखि आफूलाई चिढ्याउने काम भइरहेको उनको गुनासो छ । ‘मबाट रियाक्सन खोज्या हो कि । यति चिढ्याउँदा पनि यो बोल्दिन भन्या हो कि । डेढ वर्ष भइसक्यो । कति चिढ्याइराख्या हो, अझै चिढ्याएका छन्, चिढ्याएका छन्,’ उनले भनेकी छन् ।

शृंखलाले मान्छेहरुलाई जवाफ दिएर कहिल्यै नसकिने र आफूले उत्तर नदिने अडान पनि व्यक्त गरिन् । ‘के खोजिराख्या छन् थाहा छैन । तर त्यसको उत्तर मसँग छैन, दिंदा पनि दिन्न । कारण नै छैन । व्यक्तिगत जीवन कति खोतल्न खोज्या के ? म पब्लिक पर्सन हो थाहा छ तर म मिस नेपाल हुन्छु भनेर साइन गर्दाखेरि लाइफको सबै कुरा खोतल्छु भनेर साइन गर्‍या जस्तो लाग्दैन । कसैलाई केही बिगार्‍या छैन, कति पछि पर्‍या हुन् । केही पनि उत्तर छैन दिनलाई । के दिने उत्तर ?’ उनी आक्रोशित सुनिइन् ।

मानिसमा सोचको समस्या रहेको श्रृंखलाको तर्क छ । ‘उत्तर दिए पनि पुग्दैन कहिल्यै पनि । त्यो मेन्टालिटीको प्रब्लम हो, मेरो प्रब्लम होइन । जे उत्तर दिए पनि मैले चेन्ज गर्न सक्दिन । हनुमानले जसरी छाती चिरेर देखाए पनि त्यो पर्याप्त हुँदैन,’ उनले भनेकी छन्, ‘जति धेरैजनाले चिन्न थाल्नुहुन्छ, त्यति धेरै विचार सिर्जना हुन्छ । एउटा कुरा मात्र मेरो नियन्त्रणमा हुन्छ, मैले आफूलाई के सोच्छु । राम्रो गर्ने, नराम्रो गर्ने मेरो नियन्त्रणको कुरा हो । जीवनमा मैले नियतवश कुनै नराम्रो गरेको छैन । मान्छेको दृष्टिकोण बदल्न सक्दिनँ ।’

शृंखलाले आफ्नोबारे मिडियामा चलेका कुराहरु ‘अर्धसत्य’ भएको बताइन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ११ : ०४ बजे