६ माघ २०८१, आइतबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कलंकीमा बेहोस बनाई महिलामाथि बलात्कार, ब्ल्याकमेलिङ गर्दै ४ तोला सुन र ४ लाख ठगी



१० साउन । कलंकीमा एक महिलालाई चक्लेट खान दिएर बेहोस बनाई बलात्कार गर्नुका साथै नग्न भीडीओ र फोटो खिचेको पाइएको छ। चक्लेटमा बेहोस हुने औषधि मिसाएर खान दिई बेहोस भएपछि बलात्कार गरेर नग्न बनाएर फोटो र भीडीओ बनाएको पाइएको हो।

महिलालाई बेहोस बनाएर बलात्कार गरी नग्न बनाएर फोटो, भीडीओ खिचेर ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ का २८ वर्षीय सनिस पौडल छन्। उनीविरुद्ध जबरजस्ती करणी र आपराधिक एक्टर्सनको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

त्यसको केही दिनपछि बलात्कार गर्ने सनिसले नै तिनै महिलालाई ह्वाट्स एपमा उनका नगन तस्बिर र भीडीओ पठाउँदै ब्ल्याकमेलिङ गर्दै रकम माग गरेका थिए। रकम नदिए नग्न तस्बिर र भीडीओ सार्वजनिक गर्ने भन्दै सनिसले रकम मागेपछि महिलाले उनलाई १ लाख रुपैयाँ दिएका थिइन्। त्यसको केही दिनपछि पुनः ब्याल्कमेलिङ गर्दै सनिले ती महिलासँग १० लाख रुपैयाँ माग गरेका थिए।

रकम नदिए श्रीमान्, आफन्त लगायतलाई नग्न तस्बिर र भीडीओ पठाउने धम्की दिएपछि ती महिलाबाट ३ लाख नगद, २ तोलाको सुनको सिक्री, १ तोलाको सुनको औठौं, १ तोलाको सुनको चुरा समेत महिलाबाट सनिसले लगेका थिए। यसपछि पनि पुनः ब्ल्याकमेलिङ गर्दै रकम माग गर्दै ती महिलालाई उनले हैरानी दिने गरेका थिए। अहिले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : ५४ बजे