४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपाद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता



१० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । रास्वपाले नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गराएको हो ।

प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

सुन प्रकरणको छानबिनको माग गर्दै लोकतान्त्रिक पद्धतिलाई सहयोग गर्नका लागि संकल्प प्रस्ताव दर्ता गराइएको बताउँदै रास्वपले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा नमाग्ने बताएको छ ।

प्रस्तावमा एक सय क्वीन्टल सुन तस्करीको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको प्रभावकारितामाथि प्रश्न उठाएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ९ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।