१० साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिनको माग पनि गर्ने निर्णय गरेको छ । एमालेले गृहमन्त्रीको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको निष्कर्षसमेत निकालेको छ ।








प्रतिक्रिया