२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित



१० साउन । सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गरेको छ। एमालेका प्रमुख सचेतक पदम गिरीले छानबिन समिति नबनेसम्म एमालेले संसद् चल्न नदिने बताए।

उनले भने, ‘अहिलेको सुन सेटिङ बिग्रिँदा पक्राउ परेको हो। यसअघि ३३ पटक आएको छ। त्यसका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्छु। गृहमन्त्रीदेखि तल्लो तहसम्म रहेकाहरुमाथि छानबिनका लागि रुलिङ होस् अन्यथा अघि बढ्न दिइँदैन।’

एमालेले वेल घेरेर नाराबाजी निरन्तर गरेपछि सभामुख देवराज घिमिरेले साउन १५ गते १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।