९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


पौडीबाज गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान



५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ दशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ द्यशमलव ४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको

१० साउन । जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

उनले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ दशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ द्यशमलव ४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिएका छन् । गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दशमलव ८७ सेकेन्डको कीर्तिमानी सुधार गरेकी हुन् ।

ओलम्पिक छनोट प्रतियोगितासमेत रहेको उक्त च्याम्पियनसिपअन्तर्गत आजै भएको पुरुषतर्फको एक सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी छिन् । एलेक्जेन्डरले पुरानो समय ५२ दशमलव ९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२ दशमलव ९४ समयका साथ नयाँ रेकर्ड कामय गरेका हुन् । उनले हालै सम्पन्न ११औँ एनएसए कप च्याम्पियनसिपमा ५२ दशमलव ९६ सेकेन्ड समयको कीर्तिमान राखेका थिए ।

अब नेपाली खेलाडीको दुई खेल बाँकी छ । भोलि बिहीबार डुबाना लामाले एक सय मिटर फ्रिस्टायल र एलेक्जेन्डरले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम व्यवस्थापक नरेश वैद्यले जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ३ : १३ बजे