४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित



११ साउन । राष्ट्रिय सभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो ।

अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी सो उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भइ संशोधन र सन्देशसहित प्राप्त भएकोमा आज राष्ट्रिय सभाले संशोधन स्वीकार गरी पुनः पारित गरेको हो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।

सभाको आजको पहिलो बैठकमा सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका थिए । सो विधेयक राष्ट्रिय सभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधि सभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो । सभाको अर्काे बैठक यही साउन १८ गते बिहीबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।