११ साउन । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सात दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको हो ।
सर्वोच्चले असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति बदर गर्दै फेरि एक पटक संविधानको धारा १६८(२) द्वारा सात दिनभित्र नयाँ सरकार बनाइसक्न आदेश दिएको हो । यदि कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।







प्रतिक्रिया