१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको गोकर्णेश्वरको भित्री सडकको छ दुरावस्था



 

११ साउन । नगरपालिकाले हेर्नुपर्ने सडकको काम उपभोक्ता समितिलाई दिएर नगरपालिकाका प्राविधिक कर्मचारीले ध्यान नदिँदा वर्षामा हिँड्न नसकिएको भन्दै राजधानीवासीले गुनासो गर्न थालेका छन् । गोकर्णेश्वर नगरपालिका १ नयाँ पाटी पुलमाथिको कारखानाबाट वाग्मती नदी हुँदै निस्कनेलगायत नगर क्षेत्रका भित्री सडकको अवस्था जीर्ण रहेको भन्दै नगरवासीले दुःखेसो पाखेका हुन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ देखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको वडा नं १ को यो सडकमा अहिले पानी जमेर पैदल हिँड्न नसकिने अवस्थामा पुगेको स्थानीयवासी सरस्वती खड्काको गुनसो थियोे ।
यो सडकका नाममा नगरपालिकाको पाँच आर्थिक वर्षसम्म लाखौँ रकम विनियोजन गर्दै आए पनि काम भने उपभोक्ता समितिलाई दिँदा गुणस्तरीय हुनसकेको छैन । उपभोक्ता समितिले मनपरी खर्च गर्दा सडकको यस्तो अवस्था भएको हो । यसतर्फ सरोकार भएका निकायको ध्यान जान नसकेको उनले बताइन् ।

सो विषयमा नगरप्रमुख दीपककुमार रिसालसँग सोध्न खोज्दा उनी सम्पर्कमा आउन चाहेन्न । उपभोक्ता समितिले आयोजनाको सूचना पार्टीसमेत नराखी अपारदर्शी रुपमा काम गर्ने गरेको स्थानीयवासीको भनाइ थियो । स्थानीयवासीको सरोकारका यी समस्या बुझेर नगरपालिकाले काम नगर्दा वर्षामा हिलो र हिउँदमा धुलाम्ये सडक हुने भएकाले पीडित हुनुपरेको स्थानीयवासी पार्वती पुडासैनीले बताए ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १ : २१ बजे