७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्वयम्भूमा बाल यौन दुर्व्यवहार गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ



१२ साउन । बाल यौन दुर्व्यवहारको आरोपमा होस्टल सञ्चालक पक्राउ परेका छन्। बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भूको टोलीले होस्टल सञ्चालक सोनम घ्यामचे घलेलाई पक्राउ गरेको हो।

घ्यामचेलाई बुधबार पक्राउ गरिएको वृत्त स्वयम्भूका इन्सपेक्टर देवीदत्त मोतेले जानकारी दिए। उनीमाथि बाल यौन दुर्व्यवहारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठ स्कुलको प्रांगणमा स्नो मञ्जुश्री संस्थाद्वारा सञ्चालित होस्टलका बालिकाहरुमाथि घ्यामचेले यौन दुर्व्यवहार गरेको आरोप छ।

उक्त होस्टलबाट ११ जना बालबालिकाको उद्धार समेत गरिएको छ। उनीहरुलाई अहिले सुरक्षित गृहमा राखिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।