१२ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।
विधेयक प्रतिनिधि सभाले गरेको संशोधन स्वीकारसहित राष्ट्रिय सभाले बिहीबार पुनः पारित गरेको थियो ।
राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै विधेयकले कानूनी रुप लिएको छ । जसबाट मिटरब्याजीलाई कानूनको दायरामा ल्याउने बाटो खुलेको छ ।







प्रतिक्रिया