१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


किरण केसी, श्वेता खड्कासहितका कलाकारद्वारा मरणोपरान्त अंगदानको घोषणा



१४ साउन । कलाकारहरु किरण केसी, श्वेता खड्का, यमन श्रेष्ठ लगायतले मरणोपरान्त अंगदानको घोषणा गरेका छन् । काठमाडौंमा आइतबार आयोजित समारोहमा उनीहरुले यस्तो जानकारी दिएका हुन् ।
कलाकार मदनकृष्ण श्रेष्ठकी छोरी सराहनाले निर्देशन गरेको डकुमेन्ट्री ‘पुनर्जन्म’को प्रिमियर समारोहमा उनीहरुले शरीरका सबै अंग दान दिने बताएका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अंगदान गर्ने घोषणा गरेपछि सेलिब्रिटीलाई कार्ड समेत प्रदान गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : ४८ बजे