१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुन्दरीजलमा बोलबमको जल लिने क्रममा डुबेर मृत्यु



 

१५ साउन । काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित बागमती खोलामा बोल बमको जल लिन क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ कलंकी घर भएका २७ वर्षीय सागर खड्काको गएराति मृत्यु भएको हो ।
खोलामा बोल बमको जल लिन जाने क्रममा डुबेर अशक्त भएका उनको उद्दार गरी नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : ०७ बजे