१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको इमाडोल र काठमाडौंको माछापोखरीमा दिउँसै चोरी



 

१५ साउन । ललितपुरको इमाडोल र काठमाडौंको माछापोखरीमा दिउँसै चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ५ इमाडोल खड्का गाउँ डेरा गरी बस्ने काभ्रे तेमाल घर भएका २८ वर्षीय रंजित तामाङ समेत ३ जनाको कोठाबाट नगद तथा सुनचाँदीका विभिन्न गहना चोरी भएको छ । उनीहरुको कोठाबाट करिब ३ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको बताइएको छ ।

काठमाडौं महानगरपालिका १६ माछापोखरी बसन्तनगर डेरा गरी बस्ने काभ्रे नवबुद्ध दरैलीपोखरी नगरपालिका ७ घर भएकी २२ वर्षीया शिवानी रूम्बा श्रेष्ठको कोठाबाट ताला फुटाई दिउँसै चोरी भयो ।
प्रहरीका अनुसार नगद ४० हजार रूपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख २७ हजार ८ सय रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : २० बजे