६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुन प्रकरणमा एमालेको अडान कायमै, संसद बैठक बस्दै नबसी स्थगित



१५ साउन । प्रतिनिधि सभाको आजका लागि तय बैठक बस्दै नबसी स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध कायमै राख्‍ने बताएपछि बैठक स्थगित गरिएको हो।
सय किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर साउन १० गतेको बैठक नाराबाजीसहित अवरुद्ध गरेको थियो। उसले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेको थियो।

छानबिन समिति गठनविना सदन चल्न नदिने एमालेको अडानपछि सभामुख देवराज घिमिरेले आज अपराह्न १ बजेका लागि तय बैठक स्थगित गरेका हुन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बैठक भोलि बस्ने गरी स्थगित गरिएको जानकारी दिए।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १० : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।