१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


विहीबार एकैदिन राजधानीको थानकोट र बनस्थलीमा चोरी



१९ साउन । विहीबार एकैदिन राजधानीको थानकोट र बनस्थलीमा चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली ढुङ्गेधारा बस्ने सरोज कृष्ण श्रेष्ठको घरबाट क्यामेरा १ थान, लेन्स १ थान र ल्यापटप १ थान समेत गरी करिब ४ लाख १० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका ७ थानकोट बस्ने गौरा पौडेलको घरबाट ल्यापटप १ थान र ३ थान मोबाइल बिहीबार बिहान चोरी भएको छ । घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ३ : १८ बजे