४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पहिरोमा बालकको मृत्यु, तीन जना बेपत्ता



१९ साउन । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।
गौरीशङ्कर गाउँपालिका  ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर ८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए ।
पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताए । सो पहिरोमा परी तीनजना घाइते भएका छन् ।
बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ५ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।