२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कलाकार सुवासले सांसद आरजु देउवाविरुद्ध टिकटक बनाएपछि…



आग्रहलाई बेवास्ता गरी कारबाही गर्न आलटाल गरे आफैँ प्रतिकारमा उत्रने छौँ
२० साउन । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाका सन्दर्भमा राजनीतिक पूर्वाग्रह राखी कलाकारहरूले टिकटक बनाएकामा विषयमा आपत्ति जनाउँदै पार्टीको युवा सङ्गठन तरुण दलले विज्ञप्ति निकालेको छ ।
शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा सांसद देउवालाई लक्षित गर्दै कानुनको बर्खिलाफ हुने गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूटा र अनर्गल पोष्टप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
सुवास बोहरा भन्ने नामको टिकटक आइडीबाट कलाकारिताको मर्यादा र गरिमालाई नै बिर्सेर सांसद देउवाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति रहेको केन्द्रीय सदस्य सरोज न्यौपानेले बताए ।
“उक्त कार्यमा संलग्न व्यक्ति वा समूहलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छौँ”, सदस्य न्यौपानेले भने, “आग्रहलाई बेवास्ता गरी कारबाही गर्न आलटाल गरे आफैँ प्रतिकारमा उत्रने छौँ ।”

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ३ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।