१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बुढानिलकण्ठ गैरीगाउँ चोरी घटनामा संलग्नको आरोपमा देउला पक्राउ



२० साउन । काठमाडौंको बुढानिलकण्ठ ३ गैरीगाउँ चोरी घटनामा संलग्नको अभियोगमा एक युवक ठमेलबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ ३ गैरीगाउँस्थित चोरी भएको श्रेष्ठको घरको घटनामा संलग्न रहेको अभियोगमा मकवानपुर थाहा नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने ४५ वर्षीय बिकास देउला (पोडे)लाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
सुजनको घरमा साउन ६ गते राति सुन तथा हिराका गरगहना र नगदसमेत गरी करिब ८५ लाख २६ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीका सामानहरू देउलासँग रहेको खुल्न आएपछि उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
साथै उक्त कार्यमा हाल अभद्र व्यवहार कसूरको अनुसन्धानको सिलसिलामा प्रहरी वृत्त मालिगाउँको थुनामा रहेका सिन्धुपाल्चोक तौथली गाउँपालिका ७ घर भएका ३२ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठको समेत संलग्नता रहेको खुल्न आएको छ ।
देउलालाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ३ : ४९ बजे