१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


बनेपा सडकमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते



२० साउन । बनेपा सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार काभ्रे बनेपा नगरपालिका ६ बुडोलस्थित सडकमा धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.–०२–०१३ प ६५०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक मोरङ घर भई काठमाडौं बानेश्वर बस्ने २३ वर्षीय सफल आचार्यको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।