१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको तारकेश्वरमा पहिरो, दुई जनाको मृत्यु, एक घाइते



२१ साउन । काठमाडौँको तारकेश्वर चो गाउँमा पहिरोले पुरिएर वावु र छोरीको मृत्यु भएको छ भने आमा घाइते छिन् ।

प्रहरीका अनुसार तारकेश्वर नगरपालिका ५ चो गाउँमा शनिवार राति पहिरोमा परेर ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको हो ।

घरमाथिबाट खसेको पहिराले तामाङ भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो ।
शनिबार राति करिब ९ बजे घर माथिबाट खसेको पहिरोले आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको प्राथमिक उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ५९ बजे