१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नागढुङ्गा नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ सोमबार ‘ब्रेक थ्रो’ हुने



 

२१ साउन । नागढुङ्गा नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार ‘ब्रेक थ्रो’ हुने भएको छ ।

विसं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ को सोमबार खनिसकिने भएको छ । आज दिउँसोसम्म एक मिटरमात्र काम बाँकी रहेको थियो । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रो’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताएका छन् ।

साढे दुई किलोमिटर लम्बाइ रहेको नागढुङ्गा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशतमात्र बाँकी रहेको छ । दुई दशमलव छ किमी लम्बाइ रहेको मुख्य सुरुङको पाँच सय छ मिटर बाँकी रहेको आयोजनाले जनाएको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ४ : ०३ बजे