६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा बिक्री हुँदै आएको जारको पानीमा गम्भीर लापरबाही



२२ साउन । काठमाडौं उपत्यकामा बिक्री हुँदै आएको जारको पानीमा गम्भीर लापरबाही र त्रुटि फेला परेको छ । काठमाडौं महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले आइतबार गरेको अनुगमनका क्रममा यस्तो पानी व्यवसायमा गम्भीर लापरबाही र त्रुटि फेला परेको हो ।

अनुगमनका क्रममा संकलित पानी गुणस्तर परीक्षणका लागि पठाइएको र परीक्षणपछि थप तथ्य पुष्टि हुने महानगरले जनाएको छ । महानगरका मेयर बालेन्द्र साहले संकलित नमुना परीक्षणका लागि प्रयोगशालामा पठाएको र यसबाट प्राप्त नतिजाका आधारमा जारको पानी व्यवसायप्रतिको दृष्टिकोण निर्माण हुने जनाएका छन् । ‘बर्खायाममा पानीजन्य रोगको संक्रमण दर उल्लेख्य हुने गरेको छ ।

वितरण प्रणालीबाट आएको पानीमा भन्दा जारको पानीमा विश्वास गरेर सहरवासीले किनेर पिउने तथा दैनिक व्यवहारमा प्रयोग गर्ने गरेका छन् । शुद्धताका लागि पैसा तिरेर किनेको पानीको जारमा लेबल नहुनु, उत्पादन मिति उल्लेख नहुनु, जार फोहोर र कुच्चिएको हुनु आदिले यसभित्रको पानीको गुणस्तरमा शंका गर्नुपर्ने भएको छ । यो पानी घरघरमा, होटेल तथा रेस्टुरेन्टमा सीधै प्रयोग गर्ने गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ४५ बजे