४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललिता निवास प्रकरणः गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी



२२ साउन । ललिता निवास जग्गा प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

काठमाडौं जिल्ला अदालतले आइतबार पूर्वउपप्रधान तथा गृहमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, दुईपूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशी तथा पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पनि गच्छदार, जोशी र श्रेष्ठ प्रतिवादी थिए। सीआईबीले यसअघि यो प्रकरणमा ४ पूर्वसचिवसहित ४०६ जना विरुद्ध पक्राउ पुर्जी लिइसकेको छ ।

आइतबारै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निणर्यकर्तासमेतलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । उक्त आदेशपछि पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा। बाबुराम भट्टराईमाथि अनुसन्धानको ढोका खुलेको छ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा गच्छदार उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्री थिए भने श्रेष्ठ भूमिसुधार मन्त्री थिए । यस्तै २०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जोशी भूमिसुधार मन्त्री थिए।

त्यसबेला प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको सरकारी निवास विस्तारका नाममा ललिता निवासको जग्गामा नक्कली मोही खडा गर्ने र नक्कली मोहीलाई सट्टा भर्ना दिने निणर्य भएको थियो।

तत्कालीन मन्त्री गच्छदारले नै सरकारी जग्गा भूमाफियालाई सट्टा भर्ना दिन मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए। तत्कालीन भूमि सुधारमन्त्री श्रेष्ठले सट्टा भर्ना दिन उपयुक्त हुने भनी मन्त्रिपरिषद्मा लिखित राय पेस गरेका थिए ।

सोही आधारमा नेपाल नेतृत्वको मन्त्रिपरिषदले प्रस्ताव बमोजिम निणर्य गरेर कार्यान्वयनमा लगेको थियो। नेपाल र भट्टराई प्रधानमन्त्री भएको समयमा ललिता निवास जग्गामा नक्कली मोही खडा गरी हिनामिना भएको थियो।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।