२२ साउन । नेपालमा सातहजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीलेहालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए ।
सोमबार काठमाडौंमा भएको कार्यक्रममा डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमितसंख्या रहेको बताए । उनले ७१ जिल्लामा डेंगु संक्रमण देखिएको बताए । डा.मरासीनिले सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जति बेलापनि डेंगु सर्न सक्ने बताए ।
हाल सम्म ७ जनाको मृत्यु भएको पनि डा. मरासिनीले जानकारी दिए । स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा नि: शुल्क हुने गरेको बताए ।
डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।
शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.बिमल शर्मा चालीसेले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताए । उनले डेंगुबाट बच्न लार्भा खोजर नष्ठ गर अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
लामखुट्टे बस्ने बासस्थान खोज्ने र त्यसको नष्ट गर्नुपर्ने बताए । नेपालमा डेंगुको पहिलो केस विसं २०६१ सालमा देखिएको थियो ।







प्रतिक्रिया