पचासको दशकमा फलानो कलाकार वा फलानो निर्देशक भन्ने थिएन दर्शक कथावस्तु बुझ्न र मनोरञ्जनका लागि पनि चलचित्र हेर्ने आउँथे । उक्त समयमा प्रदर्शन भएका चलचित्रले एकाउन्न, ७५ र सय दिन मनाउने गथ्र्र्यो
२६ साउन । नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमासमेत विस्तार भइरहेको बजारले यसलाई उद्योगका रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै गएको छ । डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार विस्तार हुन थालेको हो । पहिले सेल्युलाइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्रमात्र प्रदर्शन गरिन्थ्यो । किनकी प्रिन्ट तयार गर्न निर्माताको खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन ।
यो समयमा चलचित्रको चारदेखि पाँच प्रिन्ट तयार गरेपछि प्रदर्शन गरिन्थ्यो । एउटा चलचित्र भवनबाट अर्को चलचित्र भवनमा चलचित्र प्रदर्शन गर्न समय हेरफेर गर्नुपर्ने अवस्था थियो । प्रिन्टको सङ्ख्या बढाउँदा निर्माण लागत पनि बढ्ने भएकाले सीमित प्रिन्टबाट समय हेरफेर गरेर चलचित्र प्रदर्शन गरिन्थ्यो । मोफसलबाट पनि चलचित्र प्रदर्शन हुने भएकाले काठमाडौँ उपत्यकासम्म आइपुग्दा प्रिन्ट नै ड्यामेज हुने गरेको निर्देशक सुनिल पाण्डेले बताए ।
“काठमाडौँमा पनि प्रदर्शनका लागि पालोमा बस्नुपर्ने हुन्थ्यो । उपत्यका बाहिर हुने प्रदर्शनमा प्रिन्टको क्वालिटी घट्ने गथ्र्याे”, निर्देशक पाण्डेले भने, “त्यस समयमा अनुभवका आधारमा काम गरिन्थ्यो । छायाङ्कन गरिएका कतिपय दृश्यसमेत निर्देशकले हेर्न पाउथेनन् । छायाँकारकै आँखाबाट चलचित्र हेर्नुपथ्र्याे ।” उनले ‘षड्यन्त्र’, ‘ए पण्डित बाजे’, ‘हलचल’लगायत चलचित्रमा निर्देशन गरेका थिए ।
अधिकांश चलचित्र डिजिटल प्रविधिभन्दा अगाडि नै तयार गरेका निर्देशक पाण्डेका अनुसार सेल्युलाइडको युगमा चलचित्रसम्बन्धी शिक्षा लिने न्यून भएकैले पनि अनुभव र सिकाइले धेरैलाई चलचित्रकर्मीका रुपमा स्थापित पनि ग¥यो ।
“हामीले निर्माण गरेका चलचित्र असफल हुँदा पनि लगानी सुरक्षित हुन्थ्यो । दर्शक चलचित्र भवनमा आउनुका कारण नै मनोरञ्जन थियो”, निर्देशक पाण्डेले भने । त्यो समयमा मनोरञ्जनका लागि चलचित्र भवन पुग्नेको सङ्ख्या धेरै थियो । त्यसैले चलचित्र एक सय दिनसम्म प्रदर्शन भएको खुसियालीमा विभिन्न कार्यक्रम हुने गर्थे ।
दर्शक टिकट काटेर हलमा पुगेपछि चलचित्र नसकिँदासम्म घर जादैनथे
निर्देशक ज्ञानेन्द्र देउजाले त्यस समयमा दर्शकका लागि अन्य विकल्प नभएकाले चलचित्र हेर्न हलसम्म जानेको भीड देखिने गरेको बताए। “अहिलेजस्तो ओटिटी थिएनन् । दर्शकसँग यो वा त्यो भन्ने रोज्नका लागि विकल्प पनि थिएन् । दर्शक चलचित्र हेर्न चलचित्र भवनसम्म आउने भएकाले जति आम्दानी भए पनि लगानी भने सुरक्षित हुन्थ्यो”, उनले भने । चलचित्रले सुरुआती व्यापार नै आक्रमकरूपमा गर्ने गरेको थियो । उनका अनुसार लगानी नउठाउने चलचित्रको सङ्ख्या निकै न्यून थियो ।
‘रक्षक’ चलचित्रमार्फत निर्देशनको सुरुआत गरेका निर्देशक देउजाले ‘गोर्खाली’, ‘दाग्बती’, ‘शहीदगेट’, ‘मुनामदन’, ‘कुरुक्षेत्र’, ‘बरमाला’लगायत चलचित्रमा निर्देशन गरेका थिए । उनले प्रेम कथा र जमिन्दारीका विषयमा अधिकांश चलचित्र बनाइएको बताए । अन्य विधा वा विषयवस्तुलाई पर्दामा ल्याउँदा जाँचपास रोकिने डर हुने भएकाले पनि प्रायः उस्तै विषयवस्तु समेटेर चलचित्र बन्ने गरेका निर्देशक देउजाको भनाइ थियो ।
“पचासको दशकमा फलानो कलाकार वा फलानो निर्देशक भन्ने थिएन दर्शक कथावस्तु बुझ्न र मनोरञ्जनका लागि पनि चलचित्र हेर्ने आउँथे । उक्त समयमा प्रदर्शन भएका चलचित्रले एकाउन्न, ७५ र सय दिन मनाउने गथ्र्र्यो”,उनले भने ।
सो समयमा नेपाली चलचित्रको आकर्षण ग्रामीण भेगमा बढी रहेको निर्माता एवं निर्देशक अशोक शर्माले बताए । उनले चलचित्र भवन भ्रमण गर्दा दर्शकमा चलचित्र प्रतिको मायालाई अनुभव गरिएको चर्चा गरे ।
निर्माता शर्माले निर्माण गरेको ‘ट्रक ड्राइभर’ विसं २०५० चैतमा प्रदर्शन गरिएको थियो । “म कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुगेको थिएँ । पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए । गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे । बेहोस भएर हल बाहिर ल्याइएका दर्शक होसमा आउनासाथ पुनःचलचित्र हेर्नभित्र पस्ने गर्दथे” उनण्ले अनुभव सुनाए ।
“दर्शक टिकट काटेर हलमा पुगेपछि चलचित्र नसकिँदासम्म घर जादैनथे”, निर्देशक शर्माले भने, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई रोल दिने चलन थियो । हामी ५१औँ दिनभन्दा बढी भएपछि दर्शकसँग भेटघाट गथ्र्यौं ।”
उक्त समयमा चलचित्र हेर्ने प्रचलन थियो । कलाकार विशेषको स्टारडमसँगै ‘नेपाली चलचित्र’ हेर्ने युगका रुपमा समेत उक्त समयलाई बुझिन्छ । त्यहिँ कारण नै न्यून चलचित्रले मात्र घाटा व्यहोर्नु पथ्र्याे । अहिले समय बद्लिएको छ । अहिले नेपाल मात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् । विदेशमा प्रदर्शन अनुमतिका लागि समयमा नै जाँचपास हुने हो भने विश्वभर जहाँ पनि एकसाथ नेपाली चलचित्र प्रदर्शन गर्न सकिन्छ । नेपाली बसोबास गर्ने विश्वका हरेक कुनामा ती दर्शक बनिसकेका छन् । ओभर दी टप (ओटिटी) मा नेपाली चलचित्र पर्याप्त नहुँदा ती युट्युबकै भर परिरहेका छन् । जसलाई पहिलो दर्शक बनाउन चलचित्र भवनमै प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।
निर्माता शर्माका अनुसार पूर्णतया डिजिटल प्रविधिमा चलचित्रको छायाङ्कन, निर्माण तथा प्रदर्शन हुने नेपाल पहिलो देश हो । नेपालमा डिजिटल प्रविधिको सुरुआत उनले ‘डिजिटल सिनेमा नेपाल’ कम्पनीमार्फत गरकोे थिए ।
(रासस)
प्रतिक्रिया