७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भीमढुंगामा ६८ वर्षीय वृद्धद्वारा ५ वर्षीया बालिका बलात्कृत



२६ साउन । काठमाडौंको नागार्जुन नगरपालिका ८ भीमढुंगामा ६८ वर्षीय पुरुषद्वारा ५ वर्षीया बालिका बलात्कृत भएकी छिन्।

बलात्कार आरोपमा भीमढुंगाका ६८ वर्षीय भोला बाजे भनिने कोमलप्रसाद रिमाल पक्राउ परेका छन्।
प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेर उनीविरुद्ध मुद्दा चलाएको छ। बलात्कारको कसुरमा रिमालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

५ वर्षीया बालिका रुँदै आमा भएको ठाउँमा पुगेपछि आमाले सोधपुछ गर्दा ६८ वर्षीय रिमालले बलात्कार गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ। बालिकाको योप्य अंगलमा रातो घाउ भएको र सोधपुछ गर्दा भोला बाजेले उनको गोप्य अंगमा औंलो घुसारेको पाइएको हो।

भोला बाजे मासु पसलबाट घर फर्कने क्रममा घर अगाडि बालिकालाई एक्लै देखेपछि सुमसुम्याउँदै गोप्य अंगमा औंला घुसारेको पाइएको अभियोगपत्रमा उल्लेख गरिएको छ। स्वास्थ्य जाँचको क्रममा समेत बलात्कार पुष्टि भएकाले भोला बाजेविरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।