६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एकान्तकुनाबाट दिउँसै स्कुटर चोरी, दुई व्यक्ति पक्राउ



२६ साउन । ललितपुर –१३, एकान्तकुनास्थित यातायात कार्यालय अगाडिबाट स्कुटर चोरी गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साउन ११ गते दिउँसो करिब २ बजेको समयमा लालबहादुर तामाङको बा५६प ६३५४ नम्बरको स्कुटर चोरीमा संलग्न विजयकुमार थापालाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–८, कालिन्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–१७, ठहिटी बस्दै आएका २४ वर्षीय थापाले तामाङलाई ‘तपाई शौचालय गएर आउनु, तपाईको स्कुटर म हेरिदिन्छु’ भनी स्कुटर लिएर फरार भएका थिए । स्कुटरसहित डिकीमा रहेको ब्लुबुक, नगद ३० हजार रुपैयाँ र नागरिकतासमेत चोरी भएकोबारे तामाङले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा विजय कुमार थापालाई साउन २५ गते काठमाडौँ महानगरपालिका–८, गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थापाले चोरीको उक्त स्कुटर बेचेको प्रहरीसमक्ष बताएपछि प्रहरीले स्कुटर खरिद गर्ने सरोज शाहीलाई समेत पक्राउ गरेको छ । शाहीलाई काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वरबाट स्कुटर र लाल बहादुर तामाङको नागरिकतासहित पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

रेग्मीका अनुसार पक्राउ परेका दुवै जनालाई चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : ०१ बजे