१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


विदेशी ‘ओटिटी’ सफल, नेपाली चाँही  किन असफल ?? 



अब भने आफ्नै सामग्री (कन्टेन्ट) ल्याउने तयारीमा छौँ । दर्शकलाई आकर्षित गर्न हामीले चलचित्र ल्याइरहेका छौँ
२७ साउन । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर दि टप) प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रूपमा बढे ।
सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई आकर्षित गर्न सफल भए । विदेशी ‘एप’मा दर्शक झुम्मिँदा सोही प्रकृतिका नेपाली एपहरू आइफ्लिक्स, भिडियो पसल, सिनेमा घरले उलेख्य दर्शक पाएनन् ।
पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैन । रमाइलोका लागि चलचित्र खिच्ने गरेको सुनिन्छ
आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि सञ्चालन हुन सकेनन् । विदेशी एपमा आफैँद्वारा निर्मित सामग्री (ओरिजिनल कन्टेन्ट) देखियो । जसले दर्शकलाई एपसँग जोड्यो । तर, नेपालमा अधिकांश एपमा चलचित्र भवनमा प्रदर्शन भएका चलचित्र थिए । जसलाई हेर्न दर्शकले रुचि देखाएनन् । केही चलचित्रमा दर्शक आकर्षित भएर एपसँग जोडिँदा ‘होल्ड’ गर्ने कन्टेन्ट अभाव देखियो । फलतः दर्शक ‘मुभ्ड’ भए ।
नेपालमा सन् २०१६ देखि सुरू भएको ‘एप सिनेमा घर’ ले सदस्यताको सुविधा हटाएर चलचित्र अनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । उनले भने, “नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ । अब भने आफ्नै सामग्री (कन्टेन्ट) ल्याउने तयारीमा छौँ । दर्शकलाई आकर्षित गर्न हामीले चलचित्र ल्याइरहेका छौँ ।”
हामीले एपमा प्रदर्शन भएका चलचित्रको आम्दानीको बारेमा जानकारी गराएपछि अहिले सहज हुँदै आएको छ
उनले चलचित्र युट्युबमा नभई एपमा रिलिज गर्नुपर्छ भनेर निर्मातालाई प्रोत्साहित गरिरहेका छन् । किनकि क्षणिक लाभका लागि चलचित्रलाई युट्युबमा प्रदर्शन गर्न अनुमति दिने निर्माताको सङ्ख्या बढी छ । “हामीले एपमा प्रदर्शन भएका चलचित्रको आम्दानीको बारेमा जानकारी गराएपछि अहिले सहज हुँदै आएको छ”, उनले भने ।
आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिरहेका ओमप्रकाश अग्रवालले ‘पाइरेसी’को समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताए । “पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैन । रमाइलोका लागि चलचित्र खिच्ने गरेको सुनिन्छ । यससम्बन्धी साक्षरता बढाउनु आवश्यक छ”, उनले भने । नेपालमा युट्युब लोकप्रिय छ । अग्रवालले सञ्चालन गरिरहनुभएको ओएसआर डिजिटलमा चलचित्र धेरै छन् । निःशुल्क नभई सःशुल्क चलचित्र हेर्ने शैलीको विकास गर्नु आवश्यक रहेको उनले बताए ।
“नेपाली चलचित्र निर्माणमा देखिएका भिन्नता, पछिल्लो समय प्रस्तुत गरिने विषयवस्तुलगायत नयाँ प्रविधिका बारेमा हामीले युट्युबमार्फत प्रचार गर्न सफल भयौँ । निःशुल्क दर्शक बढे । ‘भ्यूज’ पनि पाइयो”, अग्रवालले भने । यसलाई नै अन्तिम मान्न नहुने भन्दै विश्व बजारमा जस्तै हामी पनि ओटिटी प्रविधिमा बलियो बन्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : ०९ बजे