२७ साउन । अभिनेत्री सुरक्षा पन्तले चलचित्र अभिनयकै क्रममा यौनकर्मी खोज्न आएका ग्राहकले आफूलाई पनि यौनकर्मी सोचर यौन सन्तुष्टि दिन प्रस्ताव गरेको अभिनेत्री पन्तले खुलासा गरेकी छिन् ।
‘चार पाँच जनाले मलाई यौनकर्मी भन्ने सोचर प्रस्ताव पनि राखे’ उनी भन्छिन् ।
हेर्नुस् भिडियो :
रत्नपार्कमा चलचित्र जुलेवीका लागि यौनकर्मीको पात्रको सुटिङ गुरिल्ला स्टायलमा गरेकाले यो अवस्था आएको उनको भनाई छ । उनका अनुसार चलचित्रको सुटिङ गर्दा भीडलाई टाढा राखेर काम गर्दा यो अवस्था आएको हो ।
राजधानीमा आयोजित कार्यक्रममा अभिनेत्री पन्तले संवेदनशील पात्रको कथा चलचित्रको सुटिङ गर्दा यौनकर्मी भएर रत्नपार्कमा भौतारिएको बताइन् । ‘क्यामेरा कहाँ राखिएको हुन्छ भन्ने समेत जानकारी हुँदैनथ्यो । संकेतको आधारमा अभिनय गर्नुपथ्र्यो’उनले भनिन् ।
अभिनेता पुस्कर कार्कीले अभिनेत्री सुरक्षा पन्तको अभिनयको प्रशंसा गरे । उनले अभिनत्री पन्तसँग एउटा सिनमा मात्रै दिएको र उनीसँग अभिनय गर्न पाउँदा आफु भाग्यमानी भएको बताए ।
अभिनेत्री सुरक्षा पन्त यस्तो जटिल भूमिका आफूले कुनै चलचित्रमा नगरेको बताउछन् । यौनकर्मीको चरित्र निर्वाह गर्न यौनकर्मीको संगत र सिकाई अनुभव साट्न नसकिने हुँदा काम जटिल महसुस भएको अभिनेत्री पन्त बताउछिन् ।
निर्देशक यौनकर्मीहरुको पक्षमा वकालत गर्न आफूले चलचित्र निर्देशन गरेको निर्देशक गणेशदेव पाण्डे दावी गर्छन् । चलचित्र जुलेवीमा यौनकर्मीको कथा चाही चलचित्रमा रहेको उनको भनाई छ ।
प्रतिक्रिया