१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बल्खु खोलामा पौडी खेल्न जाँदा फसेका दुई वालकको उद्दार



 

२७ साउन । काठमाडौंको कीर्तिपुरनजिकै बल्खु खोला पौडी खेल्न खोलामा पसेका दुई वालकहरुको प्रहरीले उद्दार गरेको छ ।

शनिबार काठमाडौं कलंकी बस्ने ११ वर्षीय सुमित आचार्य र १२ वर्षीय रिदम अधिकारी बल्खु खोला जिरो पोइन्टमा पौडी खेल्न गएका थिए । उनीहरु खोलामा पुगेपछि खोला बाढी आएर बढेको थियो । खोलाको बीचमा अलपत्र परेका उनीहरुको प्रहरीले उघार गरेर प्रहरीले वृत्तमा किर्तिपुर लगेको छ । पारिवार सम्पर्कमा आएपछि बुझाउने प्रहरीले जानकारी दिएको छ ।

उद्दार गरिएका वालकहरुको स्वास्थ्य राम्रो रहेको प्रहरीको भनाई छ । बीच खोलामा फसेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरिएका थिए ।

शनिबार छुट्टीको दिन वालवालिकाहरु खोलामा पुगेका हुन् ।

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ११ : ११ बजे