व्यावसायीसँग कर लिएर किसानको खातामा राखिदिने भए किन कर उठाउनु प¥यो
२८ साउन । महाँकाल गाँउपालिकाका प्रवक्ता जोनी न्यासुरले सिमित बजेट भएकाले दुधमा कर लगाउन बाध्यता परेको बताएका छन् ।
शनिबार एक रेडियोसँग अन्तवार्तामा प्रवक्ता न्यासुरले त्यही कर भोलि अनुदान भएर किसानमा जाने तर्क गरेका छन् ।
महाँकालमा विकास बजेट नहुँदा कर उठाउनु प¥यो
अघिल्लो बर्ष ४४ करोडको बजेट बनाएकोमा ३८ करोड चालु खर्च भएको प्रवक्ता न्यासुर बताए । उनले भने, हामीले त्यो बेला ६ करोड विकाश बजेट खर्च गर्न सक्यौ । यो बर्ष बजेट घटेर ४२ करोडमा झरेको छ ।
यसरी हेर्दा स्थानीय विकाश गर्न त श्रोत चाहिने रहेछ । ‘महाँकालमा विकास बजेट नहुँदा कर उठाउनु प¥यो’ उनले भने ।
‘व्यावसायीसँग कर लिएर किसानको खातामा राखिदिने भए किन कर उठाउनु प¥यो’ उनले प्रतिप्रश्न गरे ।
महाँकाल गाँउपालिकाको डोजर चलाएर भत्केका सडक मर्मत गरेर व्यावसायीलाई सुविधा दिइरहेकाले कर तिर्नु व्यावसायीको कतव्य भएको उनले बताएका छन् ।
३६ जना दुग्ध व्यावसायीसँग छलफल गरेर भएको निर्णयमा नै आफूहरुले कार्यान्वयन गरेको उनको तर्क छ ।
बर्षभरिमा जम्मा २१ २२ लाख मात्रै कर उठ्ने र सो करमा समपुरक बजेटमा २० २१ लख थपिदा गाँउपालिकाको विकाशमा सहयोग पुग्ने उनी बताउछन् बताउछन् ।
व्यावसायीहरुले सुदुर दक्षिण ललितपुरको महाँकालबाट दुध संकलन गर्दा व्यावसायमा घाटा पर्ने तर्क गर्दै आएका छन् । एकातिर टाढाबाट ढुवानी गरेर शहरसम्म दुध ल्याउदा लगानी थपिन्छ भने अर्कोतर्फ करसमेत तिर्दा नाफा नहुने उनीहरु बताउछन् ।
कर लगाएर किसानलाई भार थपेको भन्दै स्थानीय किसान केही दिनदेखि आन्दोलनमा छन्
प्रतिक्रिया