१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अनमोल केसी उत्कृष्ट अभिनेता र स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित



२९ साउन । अमेरिकाको न्यूयोर्कमा शनिबार बेलुका वितरण गरिएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा वर्ष २०२३ अनमोल केसी उत्कृट अभिनेता र स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री घोषित भएका छन् ।
 अवार्ड कार्यक्रममा ‘प्रेमगीत ३’ सर्वश्रेष्ठ  चलचित्र र सन्तोष सेनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड  अर्पण गरियो ।
सहायक अभिनेतामा सुनिल थापा र सहायक अभिनेत्रीको अवार्ड प्रियंका कार्की पाइन् । अचिभमेन्ट अवार्ड अभिनेता सरोज खनाललाई समर्पण गरिएको थियो भने चार दशकदेखि चलचित्र जगतमा अनवरत सेवा गरेको भन्दै अभिनेता शिव श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड  गरिएको छ ।
शिव विक वर्षका सर्वश्रेष्ठ नृत्य निर्देशक, सर्वश्रेष्ठ डायस्पोरा चलचित्र ‘लक्का जवान’, वर्ष गायिकाको प्रविशा अधिकारी, डायस्पोराका वर्ष अभिनेता सुवास थापा घोषित भए ।
गेहेन्द्र धिमाल सम्मान अभिनेता पुरण जोशी, रामकेशर बोगटी सम्मान बीना बुढाथोकी, अभियानश्री सम्मान नारायण श्रेष्ठ, सुनिल पाठक र नारायण पुरीलाई गरिएको छ ।
गेहेन्द्र धिमाल सम्मान अभिनेता पुरण जोशी, रामकेशर बोगटी सम्मान बीना बुढाथोकी, अभियानश्री सम्मान नारायण श्रेष्ठ, सुनिल पाठक र नारायण पुरीलाई प्रदान गरिएको छ ।
प्रोत्साहन पुरस्कार अनिल पाण्डे, विक्रान्त बस्नेत, केदार उप्रेती, सन्तोष रामदाम र शिव पुरीले  दिइएको छ
न्युयोर्कको क्वीन्सको मेलरोज बलरुममा  पुरस्कार समारोहका लागि नेपालबाट केही दिनदेखि कलकारहरु त्यहाँ पुगेका थिए । कार्यक्रम नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसीले संयुक्त रूपमा समारोहको आयोजना गरेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  २ : ०८ बजे