३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अक्षय कुमारले पाए भारतीय नागरिकता



३० साउन । बलिउड अभिनेता अक्षय कुमारले भारतको नागरिकता पाएका छन्। अभिनेताले सामाजिक सञ्जालमा आफ्नो नागरिकताको प्रमाणपत्रको तस्बिर साझा गर्दै उक्त जानकारी दिएका हुन्।

यसअघि क्यानडाका नागरिक रहेका अक्षयले केही समय अगाडि भारतीय नागरिकताका लागि आवेदन दिएका थिए। सोमबार भारतले ७७औं स्वतन्त्रता दिवस मनाइरहँदा अक्षयले आफ्ना फ्यानहरुका लागि खुसीको खबर साझा गरेका छन्। आफ्नो नागरिकताको प्रमाणपत्रको तस्बिर साझा गर्दै अक्षयले लेखेका छन्– ‘मन र नागरिकता दुवै हिन्दुस्तानी। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’

नागरिकतामा उनको नाम अक्षय हरिओम भाटिया छ। उनको जन्ममित ९ सेप्टेम्बर १९६७ छ भने जन्मस्थान भारतको दिल्ली छ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।