७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मातातीर्थमा रहेको एक स्कूलकी बालिका बलात्कृत, लेखापालविरुद्ध मुद्दा दर्ता



३० साउन । काठमाडौं चन्द्रागिरी नगरपालिका ८ मातातीर्थको एक स्कुलकी छात्रामाथि लेखापालले बलात्कार गरेको आरोप लागेको छ ।

ब्राइट होराइजन चिल्ड्रेन स्कूलमा अध्ययनरत बालिकामाथि सोही स्कूलका लेखापाल ३० वर्षीय संगम चापागाईँले बलात्कार गरेको आरोप लागेको हो । लेखापालविरुद्ध मुद्दा दायर समेत भएको छ ।

उक्त स्कूलमा पढ्दै आएकी बालिका सोही स्कूलको होस्टलमा बस्दै आएको बुझिएको छ । ती बालिकामा मानसिक समस्या देखिएपछि पाटन अस्पतालमा उपचार गराइएको थियो। सो क्रममा केही तनाव रहेको हुनसक्ने भन्दै डाक्टरले सोधपुछ गरेपछि ती बालिकाले आफूमाथि बलात्कार हुँदै आएको बताएकी थिइन्।
ललाइ–फकाइ आफ्नै कार्यकक्षमा लेखापालले बलात्कार गरेको र उक्त कुरा बाहिर कसैलाई नभन्नु भन्दै धम्की समेत दिएको बालिकाले बताएकी थिइन्।

बालिकाले आफूमाथि बलात्कार भएको बताएपछि उनको परिवारले प्रहरी वृत्त थानकोटमा उजुरी दिएका थियो। त्यसपछि लेखापाललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले अनुसन्धान सकेर बलात्कार कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रहरीको अनुसन्धानअनुसार चापागाईँविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।