३० साउन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार गत वैशाख २६ गतेदेखि सुरु भइ जेठ ५ गते सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षामा दिएकामध्ये करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । गत वर्ष भन्दा यस वर्ष ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् । बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ ।
देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।







प्रतिक्रिया