३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री स्वस्तिमाले हाँसी हाँसी जवाफ दिइन्, निर्देशक कृषा रिसाइन् (भिडियो)



ललितखबर
३१ साउन । कही कतै पाहुनाको रुपमा निम्ता गर्दै बोलाएर तपाईसँग घर मालिक रिसायो भने तपाईलाई कस्तो होला ? ठिक केही दिनअघि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निम्ता गर्ने चलचित्र अ‍ैचो पैचोकी निर्देशक कृषा चौलागाईको व्यावहारले पत्रकारहरु न्याउरो मुख लगाए ।
सन्दर्भ थियो, चलचित्र ऐचो पैचोको ट्रेलर सार्वजनिक कार्यक्रम । चलचित्रको संचार संयोजक मार्फत पत्रकारहरुलाई निम्ता गरेर बोलाइयो । सबै पत्रकार कार्यक्रममा पुगे । डेढ घण्टा ढिलो गरि कार्यक्रम सुरु भयो ।
आयोजकले पालै पालो धारणा राखेपछि पत्रकारको प्रश्न गर्ने पालो आयो । पत्रकारको प्रश्नमा अभिनेत्री स्वस्तिमाले हाँसी हाँसी जवाफ दिइन् । तर निर्देशक कृषा चौलागाई भने रिसाइन् ।
निर्देशक चौलागाईसँग एक पत्रकारले अभिनेत्री बर्षाले अभिनय गरेको दृश्यहरु काटेको विषयमा प्रश्न गरेपछि निर्देशक आक्रोसित बनिन् । उनले कसले भन्यो ? तपाईले पत्रकारलाई कुरा लगाएको हो भन्दै हप्की दप्की लगाइन् । उनले पत्रकारले सोधेको प्रश्न समेत आज नसोध्नुस् र प्रिमियरको दिनमात्रै सोध्न भनिन् ।

 

यहाँ एकले अर्काको खुट्टा तानातान गरेर कसले के पाउँछ र ?

पत्रकारले सोधेको प्रश्नमा निर्देशक चौलागाईले आफू फेल भए फेरि उठ्न नपाउने भनेर संविधानमा लेखेको छ र भन्दै प्रश्न गरिन् ।
पुर्वमन्त्री प्रेम आलेले चलचित्रमा आफुलाई लिएको भए झन् राम्रो बनाउन सघाउने बताए ।
अभिनेत्री स्वस्तिमा खड्काले आफूले गसिपको भरमा चलचित्र चलाउने कोसिस नगरेको स्प्रष्टिकरण दिइन् । उनले भनिन्, ‘गसिप मार्केटिङ होइन ।’
अभिनेता कोशिश क्षेत्रीले चलचित्र व्यापार भएको धारणा राख्दै चलचित्र चलाउन साम दाम दण्ड भेद सबै लगाउनु पर्ने बताए । उनले भने, ‘यहाँ एकले अर्काको खुट्टा तानातान गरेर कसले के पाउँछ र ? ’

हेर्नुस् भिडियो :

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।