७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बौद्धमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु



३१ साउन । काठमाडौंमा बसको ठक्करबाट साइकयात्रीको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–६ बौद्धको भाटभटेनी नजिक मंगलबार बा ५ ख ६३९४ नम्बरको बसले साइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट सिन्धुपाञ्चोकको मेलम्ची नगरपालिका–४ घर भइ काठमाडौंको बौद्ध बस्दै आएका २३ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो। उनको उपचारकै क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।