४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदको गतिरोध अन्त्य गर्न संवादलाई तीव्रता दिने सत्ता गठबन्धनको निर्णय



३१ साउन । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमालेले गरिरहेको संसद अवरोध खुलाउने विषयमा छलफल भएको हो ।
बैठकले संघीय संसदका दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिरहेको अवरोध हटाउनका लागि संवादलाई तीव्रता दिने निर्णय गरेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।