६ पुस २०८२, आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा तीन जना मृत अवस्थामा फेला



३१ साउन । राजधानीमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको गोंगबु, गौरीघाट मैजुबहाल र चन्द्रागिरी मच्छेगाउस्थित छुट्टा छुट्टै स्थलमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार काठमाडाकों, टोखा नगरपालिका ११ गोगंबु गणेशस्थानमा नजिक रामेछाप मन्थली नगरपालिका–१३ घर भएका ४७ वर्षीय फडेन्द्र खप्तडी सोही घरको पहिलो तलाको आफू बस्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उनी प्रेम बहादुर माझीले आफ्नै घरमा संचालन गरेको सिन्धुली रिमिक्स खाजा घरमा विगत १४÷१५ वर्षदेखि काम गर्दै आएका थिए
साथै काठमाडौं महानगरपालिका ७ गौरीघाट मैजुबहाल डेरा गरी बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका ६ घर भएका ४६ वर्षीय माधव प्रसाद गौतम आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका ९ मच्छेगाउस्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।